रकम हिनामिना गरेपछि शाहीकालिन मेयर पक्राउ

बैशाख ११,महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिकाका शाहीकालिन मेयर शंकर साहलाई गए राती प्रहरीले पक्राउ गरेको छ । स्थानिय संसारीमाई पूजा समितिको दुई लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा साहलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिनुभयो ।

जलेश्वर २ घर भएका साहले गएको असार २४ गते जलेश्वर नगरपालिकाबाट लिएको दुई लाख ७५ हजार रुपैयाँ आफैंले चलाएको अभियोगमा प्रहरीले साहलाई गएराती ८ बजे घरैबाट पक्रउ गरेको हो ।
समितका अध्यक्ष साहले मन्दिरको जिर्णोद्वार गर्न भनी नगरपालिकाबाट लिएको रकम समितिका अन्य कुनै पनि पदाधिकारीलाई जानकारी नदिई आर्फैले चलाएका थिए ।
साहले समितिको रकम हिनामिना गरेको भनी जलेश्वर १ का उमेशकुमार साहले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राणाले बताउनुभयो । पक्राउ परेका साहले समितिको रकम हिनामिना गरेको स्वीकारेका छन् ।