महामारी फैलिएको केही क्षेत्रमा झाडापखाला पनि देखियो

वैशाख ९, जाजरकोट- जाजरकोटको महामारी प्रभावित क्षेत्रमा झाडापखाला फैलन सक्ने तर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।

टालेगाँउमा स्थापना गरिएको शिविरमा केही झाडापखालाका विरामी समेत दोखा परेका छन् । हिजो २ सय ४६ जनाको उपचार भएकोमा ७१ जना भाईरल फ्लुका विरामी आएको र २ जना विरामीको अवस्था चिन्ताजनक रहेको टालेगाँउ उपस्वास्थ्य चौकीका अहेव पेम्वादोर्जे लामाले बताउनुभयो ।
८ जना झाडापखालाका विरामी आएको र त्यसमध्ये एक जनाको अवस्था गंभिर रहेको उहाँले बताउनु भयो ।
यसैबीच सुर्खेतका विभिन्न संघसंस्था तथा व्यक्तिले जाजरकोटमा फैलिएको महामारी रोग नियन्त्रणका लागि एक लाख रुपौयाँको औषधि सहयोग गरेका छन् ।
आज विहान भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटसँग सल्लाह गरी अभाव भएको औषधि किनेर दिइएको एसियन लाइफ इन्सुरेन्सका गगन थापाले जानकारी दिनुभयो ।