झापामा जारी राष्ट्रिय लिगमा आज झापा–११ र एपिएफ भिड्दै

वैशाख ९,झापा- झापाको डोमालाल रंगशालामा जारी राष्ट्रिय लिग फुटबलमा आज झापा ११ र एपिएफ बिच प्रतिस्पर्धा हुनेछ ।

जारी खेलको शीर्ष स्थानमा रहेको झापा ११ ले आज खेलमा पनि जित निकाल्ने उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ ।
पहिलो खेलमा थ्रि स्टारलाई गोलरहित बराबरीमा रोकेको झापाले दोस्रो खेलमा मनाङ मर्स्याङदीलाई १–० ले पराजित गरेको थियो ।
झापा १३ अंककासाथ शीर्ष स्थानमा रहेको छ भने एपिएफ १० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।