ग्याँस सिलिण्डर फड्किदा ६ जना घाइते, ४ को अवस्था गम्भीर

वैशाख ९,सर्लाही – सर्लाहीको मोहनपुर गाविसमा हिजो साँझ ग्यास सिलिण्डर फड्किदा ६ जना घाइते भएका छन् ।

जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा मोहनपुर ८ निवासी ८० वर्षिया बृद्ध रामकली देवी महतो, ५० वर्षिया इश्वरबती महतो, ३५ वर्षिय रामइश्वर महतो, २५ वर्षिया लिलाबती महतो, १५ वर्षिया ममता महतो र ७ वर्षिय बालक दिपेश महतो रहेकोे प्रहरी नायव उपरीक्षक रमेश कुमार खड्काले बताउनुभयो ।
गम्भीर घाइतेहरुको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार गरी भरतपुर रिफर गरिएको उपरीक्षक खडकाले जानकारी दिनुभयो ।
हिजो करिब ५ बजेको समयमा रामइश्वर महतोको घरमा खाजा बनाउन ग्याँस बाल्दा ग्यास पड्केको प्रहरीले जनाएको छ । ग्यास पड्केपछि महतो परिवार घाईते हुनुको साथै घरमा समेत क्षति भएको छ ।