नौबिसेमा यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

वैशाख ९,–धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे स्थीत झ्याप्लेखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । काठमाडौंबाट भारतको गोरखपुर जाँदै गरेको जी जे १४ एच ९९०० नम्वरको बस सडकबाट ५ सय मिटर तल खसेको थियो । बसमा करिव ५० जना यात्रु सवार रहेका थिए । अहिले सशस्त्र प्रहरीले उद्धारको काम गरिरहेको छ । मृतकको सनाखत हुन सकेको छैन । करिव २० जनाको जिवितै उद्धार गरिएको छ ।