स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव तीन महिनाभित्र गर्न सर्वोच्च अदालतले परमादेश

वैशाख ८,काठमाण्डौ – स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव तीन महिनाभित्र गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चालेन्द्र शमशेर जबराको संयुक्त इजलासले सरकार र त्रिभुवन विश्वविद्यालयका नाममा परामादेश जारी गरेको हो ।

सर्वोच्चले यसअघि तत्कालीन स्ववियुका पदाधिकारीलाई कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । देशभरका आंगिक क्याम्पसहरुमा ६ वर्ष देखि स्ववियु चुनाव भएको छैन । त्रिविले गत वर्ष जेठमा चुनाव घोषणा गरे पनि चुनाव गराउन नसके पछि गराउन नसकेपछि अखिल छैटौंका बिद्यार्थीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

अनेरास्वीयु, नेबिसंघ लगायतका बिद्यार्थी संगठनले पनि सर्वोच्चको परमादेशको स्वागत गर्दै तीन महिनाभित्र चुनाव गराउने वातावरण बनाउन माग गरेका छन ।