एएफसी यू-१४ गर्ल्स क्षेत्रीय फुटबलमा माल्दिभ्सको पोष्टमा नेपालको १० गोल

वैशाख ८,काठमाण्डौ – एएफसी यू-१४ गर्ल्स क्षेत्रीय फुटबल च्याम्पियनसिपमा नेपालले मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि शानदार जित हात पारेको छ ।

लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले माल्दिभ्सलाई १०-० गोल अन्तरले पराजित गरेको छ । साविकको विजेता नेपालले आफ्नो पहिलो खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालनामा भएको खेलमा नेपालले गोलको बर्षा नै गर्‍यो । नेपालका लागि रेखा पौडेल र निर्मला उपाध्यायले हृयाट्रिक गरिन् ।
नेपालले दोस्रो मिनेटमा नै मनिशा राउतको गोलको मदतमा खाता खोलेको थियो । छैटौं मिनेटमा नेपालको अग्रता दोब्बर पारेकी रेखाले ११ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
१४ औं मिनेटमा मन्जली कुमारीले गोल गरिन् भने १५ औं मिनेटमा रेखाले हृयाटि्रक पुरा गर्दा नेपालले ५-० को अग्रता लियो । पहिलो हाफमा थप गोल हुन सकेन ।
५३ औं मिनेटमा संजना लावतीले गोल गरिन् भने ५६ औं मिनेटबाट निर्मला छाइन् । उनले ६५ र ६८ औं मिनेटमा गोल गर्दै हृयाटि्रक पुरा गर्दा नेपाल १०-० ले विजयी भयो ।
मंगलबार नै भएको अर्को खेलमा इरानले श्रीलंकालाई ११-० ले पराजित गरेको छ भने भारत र बंगलादेशले १-१ को बराबरी खेलेको छ ।