पञ्चेश्वर परियोजनाका सम्बन्धमा नेपाल–भारतबीच बृहत छलफल

वैशाख ८,कञ्चनपुर-पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडी बढाउने विषयमा आज महेन्द्रनगरमा नेपाल–भारतबीच बृहत छलफल हुने भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने पञ्चेश्वर बहुउद्धेश्यीय परियोजना केन्द्रित नेपाल–भारत द्विपक्षिय आर्थिक सम्बन्ध र सीमा वारपार आदानप्रदान कार्यक्रममा नेपाल–भारतबिच छलफल हुन लागेको हो ।
सुदूरपश्चिमको विकासमा महत्वपूर्ण मानिएको पञ्चेश्वर परियोजनाका विषयमा छलफल गर्न नेपालका तर्फबाट पूर्वप्रधानमन्त्री तथा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, सिँचाईमन्त्री नारायणप्रकाश सावद, एमाले उपाध्यक्ष भीम रावल, नेपाल सरकारका मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पदाधिकारी, सभासद्, उद्योग व्यवसायी सहभागी हुदैछन् भने भारतका तर्फबाट नेपालका लागि भारतीय राजदुत रञ्जित रे सहभागी हुन लाग्नुभएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक दिने अन्तक्र्रिया कार्यक्रममा पञ्चेश्वर परियोजना अगाडी बढाउनका लागि ठोस कार्यक्रम अगाडी बढाउने बारे छलफल गरिने छ । छलफल दिउसो १ बजेबाट सुरु हुनेछ ।