कांग्रेसमा ठगहरु हावी, म अब कुँचो चलाउँछु -काँग्रेस उपसभापति पौडेल

वैशाख ८,तनहुँ -नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीमा ठगठाग र गुटबन्दी गर्नेहरुको बोलबाला बढेको बताएका छन् ।

मंगलबार बिहान तनहुँमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले आफू भने मेहनत गरेर खाने नेता भएको दावी गरे । हरेक पार्टीमा देखिने ठग प्रवृत्ति काँग्रेसमा पनि भए पनि अब त्यस्तो प्रवृत्ति गर्नेहरु बढारिने पौडेलले बताए ।
पार्टीभित्र आफू आम आदमी भएको दाबी गर्दै पौडेलले अब भारतमा केजरीवालले जस्तै पार्टीमा आफूले कुचो चलाउने बताए ।
पार्टी महाधिवेशन नजिकिंदै गर्दा उम्मेदवारीबारे सोधिएको प्रश्नमा पौडेलले पार्टीले दिएको जिम्मेवारी पुरा भएपछि बोल्ने बताए । तर आफूभन्दा निकै जुनियर तहका नेताले दिएको जिम्मेवारीबारे भने उपसभापति पौडेलले व्यंग्य गर्दै भने,‘बज्ने भाँडोमा पानी हुन्न ।’ आफुले भने समय आएपछि उम्मेदवारीबारे बोल्ने पौडेलले बताए ।