आइपियलमा आज पनि एउटा खेल हुदै

वैशाख ८,काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट आइपियलमा आज पनि एउटा खेल हुँदैछ । आजको खेलमा राजस्थान रोयल्स र किङ्स इलेभेन पन्जाबबीच प्रतिष्पर्धा हुनेछ ।

गएराति भएको खेलमा भने कोलकता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले हराएको छ । टस हारेर ब्याटिङ् गरेको दिल्लीले दिएको १ सय ४७ रनको लक्ष्य कोलकताले १८ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा भेट्यायो ।
यसअघि पहिले ब्याटिङ् गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । जितसँगै कोलकोताको ४ खेलबाट ६ अंक भएको छ, दिल्लीको ४ अंक छ ।