आज अक्षय तृतीया, जौको सातु र सर्वत दान सहित मनाईंदै

वैशाख ८,काठमाण्डौ – आज अक्षय तृतीया, जौको सातु र सर्वत दान सहित मनाईंदैछ । आजको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

आजकै दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।
चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।