नेपालद्वारा इरान पराजित

वैशाख ७,काठमाण्डौ – राजधानीमा आजदेखि सुरु भएको १४ वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपमा नेपालले इरानलाई पराजित गर्दैै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपाली महिला टोलीले इरानलाई ३–२ गोलअन्तरले पाखा लगाउँदै विजयी भएको हो । नेपालको जितमा सरु लिम्बु र रेखा पौडेलले गोल गरे । लिम्बुले खेलको २५ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् ।
लिम्बुले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै इरानकी फतेमे अमिरीले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बरबरीमा ल्याइन् । उनले खेलको पहिलो हाफको २७ औँ मिनेटमा गोल गरेकी थिइन् ।
त्यस्तै नेपालकी पौडेलले खेलको ३२ र ४७ औँ मिनेटमा दुई गोल थपेपछि नेपालको जित सुनिश्चित भएको थियो । त्यस्तै इरानकी फतेमे घसेमीले खेलको दोस्रो हाफको अत्तिरिक्त समय (७० प्लस ३) मा एक गोल फर्काएकी थिइन् ।