प्रधानमन्त्री सुशील कोइराला आज जकर्ता तर्फ जाँदै

वैशाख ८,काठमाण्डौ – इन्डोनेसियाको जाकर्ता र वाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको दशाँै वाषिर्षोत्सवमा सहभागी हुनेक्रममा थाइल्यान्डको राजधानी बैँङकक पुग्नु भएका प्रधानमन्त्री सुशील कोइराला आज जकर्ता तर्फ जाँदै हुनुहुन्छ ।

हिजो थाई एयरवेजको टिजी ३२० विमानबाट थाईल्याण्ड पुग्नु भएका कोइरालाले थाइल्यान्ड विभागका कामु महानिर्देशक वाङ सिनवान्तासँग शिष्टाचार भेटघाट सके पछि आज विहान जकर्ता तर्फ जना लाग्नु भएको हो । शिष्टाचार भेटघाटमा नेपाल र थाइल्यान्डबीचका आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो ।
‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको शिखर सम्मेलन जाकर्तामा यही वैशाख ९ र १० गते तथा एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वाषिर्षोत्सव वाङ्डुङमा वैशाख ११ गते आयोजना हुनेछ । पहिलो सम्मेलन विसं २०१२ मा इन्डोनेसियाको वाङ्डुङमा भएको थियो । विसं २०६२ वैशाख ९–११ गते आयोजना भएको एसिया अफ्रिकी सम्मेलनको ५० औँ स्मृतिसभाले नास्प सिर्जना गरेको थियो ।