नाइजेरियामा अज्ञात रोगको माहामारि,१८ को मृत्यु

वैशाख ७,काठमाण्डौ – नाइजेरियामा अज्ञात रोगले माहामारिको रुप लिएको छ ।फलस्वरुप सो ठाउँमा १८ जनाको मृत्यु भएको छ।

सो रोग नाइजेरियाको दक्षिण पुर्बी क्षेत्रमा फैलिएको समाचारमा जनाइएको छ। नाईजेरियाको अन्डु प्रान्तस्थित ईरिल सहरमा सर्बप्रथम देखा परेको यो रोग हाल अन्यत्र पनि फैलदै गएको छ ।

ईबोलाको महामारीले हजारौंको ज्यान गुमेको अफ्रिकी महादेशमा फेरी अर्को अनौठो रोग देखा परेपछि सर्वसाधारण भने त्रसित छन् ।

रोगको प्रारम्भिक लक्षणमा सुरुमा आँखा धमिलो हुने, टाउको दुख्ने र अन्त्यमा होस गुमेर २४ घण्टा भित्र बिरामीको मृत्यु हुने गरेको बिबिसीले जनाएको छ ।
स्थानिय स्वास्थ्य अधिकारी र बिश्व स्वास्थ्य संगठनका प्रतिनिधिले अप्रिल १३ देखी १५ को बिचमा संक्रमित ब्यक्तिको संख्या क्रमशः बढेको र रोगको पहिचान गर्ने प्रयास जारी रहेको बताएका छन । एजेन्सी