आइएसद्वारा ३२ जना इसाईको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक

वैशाख ७,काठमाण्डौ – चरमपन्थी संगठन इस्लामिक इस्टेटले आइतबार करिब ३० जना इसाईको घाँटी रेटेर हत्या गरेको नयाँ भिडियो सार्वजनिक गरेको छ।

२९ मिनेटको उक्त भिडियोमा चरमपन्थी लडाकुहरुले लिबियाबाट अपहरण गरिएका इथियोपियाका इसाईहरुलाई घाँटी रेटेर हत्या गर्दै गरेको देखाइएको छ।
भिडियोमा चरमपन्थी समूहको कब्जामा दुई समूह देखाइएको छ। जसको स्क्रीनमा शब्दमार्फत मारिनेहरु इथियोपियाको चर्चका सदस्य रहेको उल्लेख छ।
१२ जनालाई समुद्री किनारको कुनै अज्ञात स्थलमा मारिएको छ भने बाँकी १६ जनालाई मरुभूमि क्षेत्रमा हत्या गरिएको छ।
भिडियोमा मुखमा कालो कपडा बेरेका एक चरमपन्थी लडाकुले हावामा पेस्तोल हल्लाउँदै इसाईहरुलाई धम्की दिँदै गरेको देखाइएको छ। उनले धर्म परिवर्तन गरेर मुसलमान बन्न भनेका छन्।
इस्लामिक स्टेट (आइएस)का अनुसार इसाईहरु या त मुसलमान बन्नुपर्छ या विशेष कर तिर्नुपर्ने बताएको छ। यसअघि आइएसले फेब्रुअरीमा इथियोपियाका २१ जना इसाईको हत्या गरेको भिडियो सार्वजनिक गरेको थियो । एजेन्सी