राखी सावन्तले भनिन्–मलाई सनी लियोनसँग तुलना नगरियोस् (फोटोफिचरसहित)

काठमाण्डौ – बलिउड अभिनेत्री राखी सावन्तले बलिउड अभिनेत्री सनी लियोनसँग आफ्नो तुलना नगर्न आग्रह गरेकी छन् ।किनभने राखीले सनी लियोनलाई मन पराउँदिनन् । उनका अनुसार उनको तुलना सनी लियोनको सट्टा जेनिफर लोपेज, म्याडोनाजस्ता अन्तर्राष्ट्रिय हस्तीसँग हुनुपर्छ ।

राखीले एउटा भिडियो सुटिङका क्रममा थिइन् । सोही क्रममा उनलाई संचारकर्मीले उनको नयाँ गीतले सनी लियोनलाई टक्कर दिन्छ ? भन्ने प्रश्न गरेका थिए ।
जवाफमा राखीले भनिन्–मेरो तुलना सनी लियोनसँग नगरियोस् । किनभने मैले यो ख्याति डान्स गरेर, प्रस्तुती दिएर, रियलिटि शो गरेर प्रशंसकको मन जितेकी हुँ । मैले कहिले पनि कुनै वयस्क फिल्म वा यसप्रकारको कुनै काम गरेको छैन । म आशा गर्दछु कि तपाईहरु सबैले पनि बुझ्नु हुनेछ।
राखीले यो पनि भनिन् कि आफ्नो तुलना कोसँग हुनुपर्छ । उनले भनिन्–म ग्ल्यामर्स छु र निकै माथि पनि छु, मेरो विचारमा मेरो तुलना जेनिफर लोपेज र म्याडोनासँग गर्न सक्नु हुन्छ । एजेन्सी

rakhi-sawant rakhi-sawant1 rakhi-sawant2 rakhi-sawant3 rakhi-sawant5