जाजरकोटमा महामारी संक्रमितको संख्या ३ हजार नाघ्यो

बैशाख ६,जाजरकोट- जाजरकोटमा फैलिएको महामारीबाट संक्रिमत हुनेहरुको संख्या तीन हजार नाघेको छ । रोग नियन्त्रणउन्मुख रहेको दाबी गर्दै डाक्टर दिपक पुनले करिब ३ हजार बढी बिरामी रहेको जानकारी दिनुभएको हो । रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी आवश्यक मात्रामा पुगेको उहाँले दावी गर्नुभयोे ।

मौसममा आएको परिवर्तनका कारण जाजरकोटका बासिन्दामा रोगको संक्रमण देखिएको डा पुनको भनाई छ । रोग नियन्त्रणका लागि नेपाली सेनासहित छाउनी अस्पतालका थप बरिष्ठ चिकित्सकहरु आज त्यसतर्फ जान लागेको उहाँले जानकारी दिनुभयो ।