आइएस र सेना बीचको संघर्षका कारण सयौं मानिस पलायन

बैशाख ६, काठमाण्डौ – सेना र इस्लामिक आतंकबादी समूह आईएसबीचका संघर्षको मारमा परेका हजारौं इराकी नागरिक थातथलो छोडी पलाएन भएका छन् ।

उनीहरु रमादान शहर पुगेका छन् । शैक्षिक संस्था र बजार ब्यबसाय समेत ठप्प भएपपछि भोकभोकै बस्न बाध्य नागरिक पलायन भएका हुन् ।
इराकको अनवर प्रान्तमा गत बर्षदेखि जारी संघर्षको मारमा परेकाहरु बालबच्चासहित रमादी प्रवेश गरेपपछि उनीहरुलाई अस्थायी बसोबासका लागि पालको ब्यबस्था गरिएको छ ।
यद्दपी खाद्यान्न र पानीको अभावका कारण अधिकांश नागरिक भोकभोकै बस्न बाध्य छन् । इराक र सिरियामा एकैचोटी आतंकबादी गतिबिधि थालेको आईएसका कारण सयौंको ज्यान गइसकेको छ भने कैयौं पलायन भएका छन् । एजेन्सी