म्यान्चेस्टर युनाईटेडलाई १-० ले पराजित गरेपछि चेल्सी उपाधिका लागी बलियो

बैशाख ६, काठमाण्डौ – दावेदार म्यान्चेस्टर युनाईटेडलाई पराजित गर्दै चेल्सीले इंग्लिश प्रियियर लिग फुटबलको उपाधि यात्रा बलियो पारेको छ ।

गएराती आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सी १-० ले विजयी भयो । खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा एभर्टनले बर्न्लेलाई १-० ले हराएको छ । एभर्टनको लागि केभिन मिरालासले निर्णायक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा वेष्ट ब्रोमले क्रिष्टल प्यालेसलाई २-० ले, स्टोक सिटीले साउथह्याम्पटनलाई २-१ ले तथा लेष्टर सिटीले स्वान्सी सिटीलाई २-० ले हराएका छन् ।
गएरातीका खेलहरुपछि इंग्लिश प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७६ अंक जोडेको चेल्सीले उपाधि यात्रा बलियो पारेको छ ।
समान ३२ खेल खेलेको आर्सनल ६६ अंकको साथ दोस्रो स्थानमा छ भने ३३ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा रहेको छ ।