इन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुदै

बैशाख ६, काठमाण्डौ -इन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुने भएकाछन् । आजको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इण्डियन्स भिड्नेछन् ।जारी प्रतियोगितामा लगातार ४ खेल जितेको राजस्थान र ३ खेल जितेको चेन्नाईविचको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।

यता हिजो भएको खेलहरुमा कोलकाता नाईट राइडर्स र दिल्ली डेयरडेभिल्स विजयी भएका छन् ।महाराष्ट्रको पुनेमा हिजो भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभन पञ्जावलाई ४ विकेटले हराएको ।हिजै सम्पन्न अर्को खेलमा सनराइजर्स हैदराबादलाई उसकै मैदानमा चार रनले हराँउदै दिल्ली डेयर डेभिल्सले लगातार दोस्रो जित हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले ४ विकेट गुमाएर एक सय ६७ रन बनायो । जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर एक सय ६३ रनमात्र बनाउन सक्यो ।