आइपीएलमा दिल्लीको पहिलो जित, पञ्जाब पाँच विकेटले पराजित

बैशाख ३, काठमाण्डौ – दिल्ली डियर डेभिल्सले किंग्स इलेभन पञ्जाबलाई पाँच विकेटले पराजित गर्दै आइपीएल सिजन–८ मा पहिलो जित हासिल गरेको छ। दिल्लीले एक बल बाँकी छँदै १६९ रन बनाएर पहिलो जित हात पारेको हो । पञ्जाबले १६६ रनको लक्ष्य दिए पनि दिल्लीले १६९ बनाएको थियो ।दिल्लीको यो जितमा मयंक अग्रवाल हिरो बने । उनले ६८ रनको पारी खेले । उता युवराज सिंहले तीन छक्का र पाँच चौकाको मद्दतमा ५५ रन बनाए। जेपी ड्युमिनी २१ रनको निजी स्कोरमा रनआउट भए ।

यसअघि किंग्स इलेभन पञ्जावले सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो । पञ्जावका लागि सबैभन्दा बढी वीरेन्द्र सहवागले ४७ रन बनाए ।यसका साथै रिद्धिमान साहाले ३९ रन बनाए भने बाँकी कुनै पनि ब्याट्सम्यानले २० अंक नघाउन सकेनन् । दिल्लीका लागि इमरान ताहिर सबैभन्दा सफल ब्याटस्म्यान सावित भए । उनले ४३ रन दिएर तीन विकेट लिए। जेपी ड्युनिमी २ र अमित मिश्र र एन्जेलो मैथ्युमले १-१ विकेट लिए । यता पञ्जाबका अनुरित सिंहको खातामा दुई विकेत आयो भने सन्दिप शर्मा र अक्षर पटेलले एकएक विकेट लिए । एजेन्सी