युरोपेली संघले हजारौको जीवन खतरामा पारेको आरोप

बैशाख ३, काठमाण्डौ – युरोपेली संघमाथि समुद्री मार्ग भएर अफ्रिकाबाट युरोप छिर्ने प्रयास गर्ने हजारौको जीवन खतरामा पारेको आरोप लागेको छ। प्रवासीहरुलाई युरोप छिर्नबाट रोक्न युरोपेली संघले समुद्री मार्गमा प्रवासीहरुका लागि आफ्नो राहात अभियान कटौती गरेको छ।

तर, संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संगठनहरुले युरोपेली संघको यो नीतिको विरोध गरेका छन् । उनीहरुले संघको यो नीति असफल भएको बताएका छन् ।
हालै लिबियाबाट इटाली जान लागेको प्रवासी यात्रु सवार डुंगा भूमध्यसागरमा डुब्दा चार सय बढी यात्रु मारिएको आशंका गरिएको छ।
लिबियाई तट रक्षक बलका अनुसार मौसम सफा हुने बित्तिकै सयौ प्रवासी उत्तम जीवनको खोजीमा डुंगामा यात्रा गरेर युरोपतर्फ जाने प्रयास गर्नेछन्। यस्ता धेरै यात्रुले लिबियाबाट यात्रा सुरु गर्ने गरेका छन् । एजेन्सी