प्रकृतिसंग साक्षात्कारः पदयात्रा कार्यक्रम सम्पन्न

बैशाख २, काठमाण्डौ – “स्वच्छ जिवनको लागि पदयात्रा” मूल नाराका साथ गत शनिवार काठमाडौं देखि नुवाकोट सम्मको दुईदिने पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं देखि नुवाकोट सम्म बसको यात्राबाट शुरु गरिएको कार्यक्रममा पहिलो दिन नुवाकोट जिल्लाका स्थानीय प्रशासन, विभिन्न संघसंस्था, पत्रकार तथा बिद्यालयका विद्यार्थीहरु बीच जलवायु परिवर्तन र लागु पदार्थसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

जलवायु परिवर्तन सम्बन्धी (आइ ह्याभ सिन द अर्थ चेन्ज) र लागु पदार्थ दुव्यशनी सम्बन्धी (उन्मुक्ति) नामक वृतचित्र प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनि पश्चात वृत्तचित्रले उठाएका बिषय बस्तुका बारेमा थप छलफल गरेको थियो । त्यस छलफल कार्यक्रममा पत्रकार महासंघ नुवाकोट शाखाका सदस्य रामहरि आर्चायले जलबायु परिवर्तन सम्बन्धी बिद्यालयस्तरीय पाठ्यक्रममा साथै त्यसलाई बृत्तचित्रको माध्यमले देखाउन सके बिद्यार्थीहरुले अझ बढि बुझ्न सक्ने कुरा बताउँनु भयो ।
सिर्जनशिल सञ्चार मञ्चका अध्यक्ष गोविन्द खड्काले कार्यक्रमको औचित्यको बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष गोविन्द खड्काले श्री भैरव उच्व मावि अशोक बाटिका नुवाकोटका समाजसेवी महेश श्रेष्ठलाई बिद्यालय व्यवस्थापनका लागि केहि आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो ।
साथै पदयात्राको दोश्रोदिन नुवाकोटको बट्टार बजारबाट ऐतिहासिक नुवाकोट दरबार सम्मको पदयात्रा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा संघसंस्था, पत्रकार तथा बिद्यालयका विद्यार्थीहरुको उल्लेख्नीय सहभागीता रहेको थियो र समापन बेत्रावतीमा सम्पन्न गरियो ।