रामेछापका ९ स्थानमा थप मोबाइलको टावर निर्माण हुने

बैशाख २,रामेछाप – नेपाल टेलिकम जिल्ला शाखा रामेछापले जिल्लाका सबै बस्तीमा मोबाइल सेवाको पहुँच पुराउन जिल्लाका विभिन्न ९ स्थानमा थप टावर निमार्ण गर्ने भएको छ ।जिल्लाको भुजी, कठजोर, डडुवा, चुचुरे, पुरानागाँउ, खनियापानी, खाँडादेवी, लखनपुर र दोरम्बा गाविसमा नयाँ टावर निर्माण गर्न लागेको हो । जिल्लामा हाल ३० ओटा टावर संचालनमा रहेको टेलिकमको बार्षिक लगभग डेढ करोड आम्दानी हुने नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख भुवन कार्कीले जानकारी दिनुभयो ।

२०६३ सालबाट आफ्नो सेवा सुरु गरेको टेलिकम रामेछापले सदरमुकाम मन्थलीसंगै रामेछाप र देवीटारमा गरी हालसम्म ८ सय ६८ वटा ल्याण्ड लाइन टेलिफोन संचालन गर्दै आएको छ । जिल्लामा हालसम्म ६० हजार जिएसएम र १५ हजार सिडिएमएको रिम र सिम कार्ड वितरण भैसकेको कार्यालय प्रमुख कार्कीले बताउनु भयो ।