वरिष्ठ राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन, पार्थिव शरीर काठमाडौं ल्याउने तैयारी

बैशाख ३, काठमाण्डौ –नयाँ दिल्लीमा उपचार गर्दागर्दै निधन भएका वरिष्ठ राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पाथिर्थ शरीर काठमाडौं ल्याईदै छ । गत चैत १६ गते उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका थापाको गए राती ८८ बर्षको उमेरमा निधन भएको हो ।

मेदान्त अस्पतालका वरिष्ठ सर्जन आदर्श चौधरीले नेतृत्व गरेको डाक्टरहरुको टोलीले थापाको आन्द्राको सल्यक्रिया गरेको थियो । उपचारकै क्रममा निधन भएका थापाको शव विहीबार काठमाडौं ल्याईदैछ । धनकुटा जिल्लाको मुगा गाविसमा सन् १९२८ मार्च २१ मा जन्मेका सूर्यबहादुर थापा राजा महेन्द्रको शासनकालमा २०२२ देखि २६ सालसम्म, राजा वीरेन्द्रका पालामा २०३५ देखि २०३८ सम्म र २०३८ देखि २०४० सालसम्म तथा राजा ज्ञानेन्द्रका पालामा २०५९ देखि २०६० सम्म तथा नेपाली कांग्रेसको समर्थनमा २०५४ देखि २०५५ सालसम्म गरि पाँचपल्ट प्रधानमन्त्री हुनुहुन्थ्यो ।

नेपालको राजनीतिमा अरुभन्दा परिपक्व खेलाडी मानिने थापाको राजनीतिक जीवन भने नेपाली कांग्रेस पार्टीबाट शुरु भएको थियो । जनमत संग्रहमा पञ्चायत जिताएर र आफ्नै गृह जिल्ला खोकु छिन्तांगमा भएको हत्याकाण्डपछि नेपालको राजनीतिमा थापाको छवि सधै विवादास्पद रह्यो । पूर्व प्रधानमन्त्री थापाका छोरा सुनिल थापा हाल वाणिज्यमन्त्री हुनुहुन्छ ।

यसैविच थापाको निधन पछि शोकमा डुबेको राष्टिय प्रजातन्त्र पाट्रिको आकस्मीक बैठक बोलाईएको छ । बैठक अहिले केहिबेरमा पार्टीकार्यलयमा बस्ने भएको छ ।