नेर्वेका विदेश राज्यमन्त्री आज नेपालमा

बैशाख१,काठमाडौ- नेर्वेका विदेश राज्यमन्त्री आज नेपाल आउनु हुने भएको छ ।
दुई दिने भ्रमणका क्रममा नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हग्लन्ड आज नेपाल आउन लाग्नु भएको छ । उहाँ विहान साढे ९ बजेपछि काठमाडौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुईपक्षीय विकास सहयोग आदान प्रदान, विकासको समीक्षा र राजनीतिकका विषयमा जानकारी लिन उहाँ नेपाल आउन लाग्नु भएको हो ।
नेपाल आएपछि उहाँले प्रधानमन्त्रीसहित उच्च राजनीतिक भेटवार्ता गर्नुहुनेछ । उहाँले नेपालको विकासमा केन्द्रित अर्थ, उर्जा, लगायतका महिला वालवालीका मन्त्री र मन्त्रालयका अधिकारीसँग पनि छलफल गर्नुहुनेछ ।