आजबाट उपत्यका प्लास्टिक झोला बिक्री वितरण र प्रयोगमा रोक,

बैशाख १, काठमाण्डौ—सरकारले आज देखि उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोग निषेध गरेको छ । सरकारले प्लास्टिक झोका बोक्ने र बिक्री वितरण गर्नेलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही गर्ने भएको छ ।
व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको ९ भदौ २०७१ मा बसेको बैठकले प्लास्टिक झोलामुक्त उपत्यका बनाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार सरकारले उपत्यकाभित्र प्लास्टिक झोला प्रतिबन्ध लगाउन घोषणा गरेको छ।
समितिले उपत्यकाबाहिरका लागि प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्दे्शिका २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै ३० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयातरनिर्यात, बिक्री वितरण र प्रयोग गर्न रोक लगाउने निर्देशन दिएको थियो ।
सरकारको निर्देशनलाई उल्लंघन गर्दै मापदण्डमा तोकिएभन्दा पातलो प्लास्टिकको झोला बोके कसुर हेरी ५० हजार रुपैयाँसम्मको कारबाही हुनेछ ।
मछेन्द्रनाथ जात्रा
ललितपुरको रातो मच्छिन्द्रनाथको १२ वर्षे रथजात्राको लागि बनाएको रथमा आज पाङ्ग्रा जोडिंदैछ । तिथिको आधारमा समयसीमा तोकेर बनाइने रथमा हरेक वर्ष बैशाख कृष्ण दशमीका दिन पाङ्ग्रा जोडिने गरिन्छ ।
अहिले बुगमतीमा पाङ्ग्रा जोड्नको लागि तयारी भइरहेको रथ निमार्णमा संलग्न दिल कुमार बाराहीले बताउनु भयो । आउँदो ६ गते रातो मच्छिन्द्रनाथको मूतिर्ताई रथारोहण गर्ने भएकोले ६ गतेभित्र रथ बनाउन सकाउनु बाराहीले बताउनु भयो । पाङ्ग्रालाई पाटनको गँछेँ टोलमा बनाएर गएको शनिवार बुगमती लगिएको हो । बाराहीका अनुसार पाङ्ग्रा जोडने काम सकिएपछि आज नै रथलाई सात तला पुराइनेछ ।
हरेक १२ वर्षको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाएर रथ बनाउनु पर्ने परम्परा छ । अरु वर्षका रथजात्रामा पुरानै काठ मिलाएर, बिग्रिएका भाग मात्र नयाँ काठबाट बनाएर रथ बनाउने गरिन्छ ।  पाङ्ग्रा जोड्नु अघि रथको चार तलामा छाना छाउनु पर्ने भएकोले हिजो यंवा गुथियारले छाना छाउने काम सकाएका छन् ।