नेपाल टेलिकमद्धारा क्यानसँग तीन वर्षे सम्झौता

चैत्र २३ , काठमाडौं- नेपाल टेलिकमले नेपाली क्रिकेटको विकासका लागि हातेमालो गर्ने भएको छ ।टेलिकमले आफ्नो स्थापनाको अवसर पारेर नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्षे प्रायोजन सम्झौता गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले गरेको सम्झौताअनुसार टेलिकम नेपाली राष्ट्रिय सिनियर क्रिकेटको पुरुष तथा महिला टिमको एकमात्र प्रायोजक बन्नेछ ।सोबापत टेलिकमले क्यानलाई करबाहेक वार्षिक ८५ लाख रुपैयाँ दिनेछ ।

सम्झौताअनुसार क्यानले प्रायोजनको २५ प्रतिशत रकम खेलाडीहरुको भत्ता सुविधाका लागि तथा बाँकी क्रिकेट विकासमा खर्च गर्नुपर्नेछ ।टेलिकमले पहिलो र दोस्रो वर्षका लागि प्रायोजन रकम एउटै हुने र तेस्रो वर्षमा भने बढ्ने जनाएको छ । सम्झौताअनुसार खेलाडीहरु स्वतः नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ हुनेछन् ।