घाँटी रेटेर वृद्धको हत्या

चैत्र २३,रौतहट – रौतहट गौरमा एक वृद्धको हत्या भएको छ । गौर–५ पोखरीया टोलका ६० वर्षका जाहिर अन्सारीको घाँटी रेटेर हत्या गरी फालिएको अवस्थमा सोमबार बिहान शव फेला परेको हो ।

अन्सारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।आइतबार राति घरमा बास बस्न आएका गौर–१० सबगढाका परवेज अन्सारीले जाहिरको हत्या गरेर घरमा रहेको पाँच लाख रुपैयाँ लुटेर लगेको परिवारका सदस्यले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान तथा फरार परवेजको खोजी भैरहेको डिएसपी राज शाहीले बताउनुभयो ।