संख्याको दम्भ देखाए पुनः अर्को विद्रोहको थालनी गछौं : भट्टराई

चैत्र २३, पर्वत – एकीकृत माओवादीका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले कांग्रेस एमालेले बहुमतको दम्भ देखाएर संविधान जारी गर्न खोजे मुलुक फेरी अर्को द्वन्द्वमा फस्ने चेतावनी दिनु भएको छ ।आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक कार्यक्रममा सम्वोधन गर्दै नेता भट्टराईले सहमतिमै संविधान निर्माण गरिएको संविधानमा नै सवैका हकअधिकार सुनिश्चित हुन सक्ने भन्दै संख्याको दम्भ देखाए पुन अर्को विद्रोहको थालनी गर्ने चेतावनी दिनुभएको हो ।

भट्टराईले बहुमतको आधारमा संविधान जारी गरेको उदाहरण विश्वका कुनैपनि मुलुकमा नभएको बताउँदै प्रकृया खारेज गरेर सहमतिमै संविधान निर्माण गर्ने बातावरण सिर्जना गर्न आग्रह गनुृभयो ।सत्तापक्षले कुनै विधिवाट पनि ३० दलिय मोर्चाको माग नसुनेकाले आमहड्तालका कार्यक्रम गर्नुपरेको उहाँको भनाइ थियो ।