अल शबाब विद्रोहीलाई सखाप पार्ने केन्याका राष्ट्रपतिको चेतावनी

चैत्र २२ , काठमाडौं- केन्याका राष्ट्रपति उहिरु केन्यात्ताले सोमालियाको अल शबाब विद्रोहीलाई सखाप पार्ने चेतावनी दिएका छन् ।विद्रोहीको आक्रमणबाट १ सय ४८ विद्यार्थीको मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति केन्यात्ताले विद्रोही विरुद्ध सक्दो कडा कारवाही गर्ने उल्लेख गरे ।वगकतषथस“श्रसोमालियाका अल शबाब विद्रोहीहरुले केन्याको अस्तित्वमाथि नैं जोखिम उत्पन्न गराएको बताँउदै उनले आतंकवादीलाई नैतिक एवं आथिर्थ सहयोग गर्ने मतियारलाई नछोड्ने उद्घोष गरे ।राष्ट्रपति केन्यात्ताले आतंकवाद विरुद्धको लडाइमा एकजुट हुन केन्याका राजनीतिक दल तथा जनतासँग अपिल समेत गरे ।गत विहिवार अल शबाबका बन्दुकधारीले केन्याको गारीसास्थित एक विश्वविद्यालयमा आक्रमण गरी १ सय ४८ विद्यार्थीको हत्या गरेका थिए ।