आज थ्रीस्टार क्लब र त्रिभुवन आर्मी भिड्दै

चैत्र २२ , काठमाडौं- राष्ट्रिय लिग फुटबल अन्तरगत आज थ्रिस्टार र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगाशालामा दिउँसो हुनेछ । थ्रिस्टार तीन पटकको ए डिभिजन लिग बिजेता हो भने विभागीय टोली आर्मीले अहिलेसम्म ए डिभिजन लिगको उपाधि जित्न सकेको छैन ।

यसपटक पनि थ्रिस्टारले बलियो टिमको रुपमा राष्ट्रिय लिगको शुरुवात गरेको छ । राष्ट्रिय लिगको हालसम्म भएका खेलको अंक तालिकामा थ्रिस्टारको २ खेल खेल्दै दुवैमा जित निकाल्दै ६ अंक सहित शीर्ष स्थानमा छ ।
आर्मीले २ खेल खेलेकोमा एकमा जित र एकमा बराबरी खेलेर ४ अंक सहित चौथो स्थानमा छ ।