अब निर्णायक आन्दोलन हुन्छः अध्यक्ष दाहाल

चैत्र २२ , पोखरा – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमतिको संभावना नदेखिएको भन्दै निर्णायक आन्दोलनका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।आज पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै दहालले सत्तारुढ दलहरु सहमतिका लागि तयार भए आन्दोलनका कार्यक्रममा परिमार्जन गर्न सकिने समेत बताउनुभयो ।हाललाई आम हड्ताल लगायतका विरोध कार्यक्रम यथावतै रहेको उल्लेख गर्दै उहाँले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको जानकारि दिनुभयो ।काँग्रेस र एमालेले सहमतिबाट संविधान बनाउन नचाहेको भन्दै उहाँले राज्य पुनर्संरचनाको विषय थाति राखेर संविधान जारी गर्ने कुरा मान्य नहुने समेत दावी गर्नुभयो ।