युगान्डामा पनि केन्यामा जस्तै नरसंहार मच्चाउने योजना

चैत्र २१, युगान्डा- आतंकवादी समूह अलशाबबले केन्यामा जस्तै छिमेकी देश युगाण्डामा आक्रमण गर्ने आशंकामा सुरक्षा सतर्कता बढाइएको छ ।

युगाण्डा प्रहरीले केन्याकै जस्तो हिंसा आफ्नो देशमा पनि मच्चाउने आशंका गर्दै सुरक्षा सतर्कता बढाएको हो । विहीबार केन्याको गरिसा शहरमा रहेको विश्वविद्यालयमा अल शबाबले आक्रमण गर्दा १ सय ५० जना मारिनुका साथै दर्जनौं घाइते भएका थिए ।
त्यसलगत्तै युगाण्डा प्रहरीले पनि पूर्वी शहर जिन्जा र राजधानी कम्पाला जोड्ने राजमार्गस्थित एक शैक्षिक संस्थामा त्यस्तै आक्रमणको आशंका गरेको हो । तर, आक्रमणबारे जानकारी हुँदाहुँदै पर्याप्त सुरक्षा व्यवस्था नगरिएको सर्वसाधारणले आरोप लगाएका छन् । एजेन्सी