अब माओवादी एक्लिन्छ :सिटौला

चैत्र २१, काठमाण्डौं – नेपाली कांग्रेसका माहामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीले जनतालाई धोका दिएको बताउनु भएको छ । शुक्रबार झापाको दमकमा प्रेस यूनियन क्षेत्रस्य कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले संविधान निर्माण गरि मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अवस्थामा सडक आन्दोलनको सहारा लिएर माओवादीले गल्ति गरेको आरोप लगाउनुभयो ।

सडक आन्दोलनमा गएर माओवादीले जनमत गुमाउँदै गएको दावी गर्दै सिटौलाले माओवादीसहितको मोर्चालाई नागरिकको कुनै साथ नहुने बताउनुभयो । दुई महिनापछि संविधान सभाको बैठक बस्न लागेकाले अब माओवादीले सवै आन्दोलनरत दललाई मिलाएर सहमतिको बाटोमा ल्याउनुपर्ने उहाँको भनाई छ ।

संघीयताको विषयमा कांग्रेस लचिलो नहुने बताउँदै कोइरालाले जातीय हिसाबको संघीयता स्वीकार्य नहुने उहाँले स्पष्ठ पार्नुभयो ।