विश्व विद्यालयमा आक्रमण मर्नेको संख्या डेड सय पुग्यो

चैत्र २०, केन्या- केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा इस्लामिक लडाकू समूह ‘अल शबाब’का बन्दुकधारीहरुले गरेको भीषण आक्रमणमा मर्नेको संख्या बढी रहेको छ । अहिलेसम्म १ सय ४७ जना मारिएको बीबीसीले जनाएको छ । घटनामा परी ८० जना घाइते भएका छन् भने ५ सय ८७ विद्यार्थी भाग्न सफल भएका छन् । प्रहरीले गरेको जवाफी कारबाहीमा ४ जना बन्दुकधारी पनि मारीएका छन् ।

अल कायदासँग सम्बन्ध रहेको अल शबाबका बन्दुकधारीले विश्वविद्यालयमा धावा बोलेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । बन्धकलाई दुई समूहमा विभाजन गरी मुस्लिम विद्यार्थीलाई छाडेपछि क्रिश्चयनहरुलाई गोली हानी हत्या गरेको विद्रोही समूहका प्रवक्ताले जानकारी दिएका छन् । सोमालियासँगको सीमा जोडिएको गारिसामा सोमाली अल सबाब लडाकूले लगातार आक्रमण गर्दै आएको छ । एजेन्सी