राष्ट्रिय लिग फुटबल प्रतियोगिताका आजदेखि

चैत्र २०,काठमाडौँ- केही समयदेखि रोकिएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताका आजदेखि फेरि सुरु हुने भएको छ । दशरथ रंगशालामा आज दिउँसो ३ बजे हुने खेलमा नेपाल पुलिस क्लबले झापा–११ सँग खेल्ने छ । प्रतियोगितामा यसअघि एक–एक खेल खेलेका दुबै टोली पराजित भएपछि अंकविहीन अवस्थामा रहेका छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ५ टोली थ्रीस्टार, मनाङ–मर्स्याङदी, त्रिभुवन आर्मी, पुलिस र सशस्त्र प्रहरी तथा मोफसलका झापा–११, मोरङ फुटबल क्लब, सुदूपश्चिम फुटबल क्लब कैलाली र रुपन्देहीको जगदम्बा लुम्बिनी गरी कुल ९ टोली सहभागी छन् । हालसम्म दुई खेल खेलेका थ्रीस्टार क्लब र मनाङ–मर्स्याङदी क्लब समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् ।