आज ५८ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै

चैत्र २०,काठमाडौँ- ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मुला नाराका साथ आज ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । दिवसको अवसरमा पोखरा लगायत मुलुकभरका सहकारीसँग सरोकार राख्ने सङ्घसंस्थाहरुले ¥याली, सभा तथा छलफलको आयोजना गर्दैछन् । नेपालमा वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापित भएको स्मरण गर्दै प्रत्येक वर्षको चैत २० मा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

मुलुकभर करिब ३३ हजारभभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । पोखरामा पनि सहकारी दिवस मनाइदैछ । आज विहान साढे ११ बनेपछि पोखरामा पछि सहकारी संघ सस्था सहकारीकर्मीहरु ब्यानर ,प्लेकार्ड ,झाकीँ सहित पोखराको माबअधिकार चोक ,चिप्लेढुङा नयाँ बजार हुदै प्रभात फेरी कार्यक्रम सहित प्रदर्शनी केन्द्र सम्म पुग्ने बताइएको छ ।
प्रभात फेरी प्रर्दशनी केन्द्रमा पुगेर विशेष कार्यक्रममा परिणत हुने जिल्ला सहकारी संघका प्रबन्ध निर्देशक भोजराज घिमिरेले बताउनु भएको छ । कास्कीमा झण्डै ६ सयसहकारी संस्थाहरु रहेका छन् भने १३ अर्ब बराबरको आर्थिक कारोबार हुँदै आएको छ ।