थाइल्याण्डमा सैन्य शासन हट्यो

चैत्र १९,काठमाण्डौ- – थाइल्याल्डमा १० महिना पहिले लागू भएको सैन्य शासन हटेको छ । त्यहाँ सन् २०१४ को मे महिनामा सेनाले कब्जामा लिएर त्यसको केहि समयमानै सैन्य शासन लागू गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ जनोचाले टेलिभिजनमा सम्बोधन गर्दै सैन्य शासनको साटो नयाँ सुरक्षा ढाँचा लागू गर्ने बताउनु भएको छ । सैन्य शासन हटाउन त्यहाँका राजा पनि सहमत भएका प्रधानमन्त्री प्रयुथले बताउनु भएको छ ।
थाइल्याण्डमा लोकतन्त्र बहाल गर्न यो वर्ष अर्थात सन् २०१५ को अन्त्यसम्ममा भए पनि चुनाव गर्ने तयारी भएको छ ।