सुदूरपश्चिममा ५ दशमवल ३ रेक्टर स्केलको भूकम्प

चैत्र १९,बैतडी- बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गएराती भुकम्पको धक्का महशुस गरिएको छ ।बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लामा भूकम्पको धक्का महशूस गरिएको हो । वझाङबाट एकसय ५० मिटर उत्तर पश्चिम भारतको सोब्लालाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गएराती ३ बजेर ९ मिनेटमा ५ दशमल ३ रेक्टर स्केलको भुकम्प गएको रकेर्ड भएको भुकम्पविद् ठाकुरप्रसाद कँडेलले जानकारी दिनुभयो । भूकम्पबाट भएको क्षतिबारे केही खबर प्राप्त नभएको प्रहरीले जनाएको छ ।
यस्तै दार्चुलामा पनि भुकम्पको धक्का महशुस गरिएको छ । आज विहान ३ बजेर ९ मिनेटमा धक्का महसुस गरिएको हो ।
जिल्लाका उत्तरी भेगमा रहेका व्यास, राप्ला, सुन्सेरा, धौलाकोटलगायतका गाविसहरुका धक्का बढी महसुस गरिए पनि कुनै क्षती विवरण नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलालगायतको यो क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको छ ।