विद्युत प्राधिकरणले लोडसेडिङको समय घटायो

चैत्र १९,काठमाण्डौ- विद्युत प्राधिकरणले लोडसेडिङको समय परिवर्तन गरेको छ । नदीहरुमा पानीको जलस्तर घट्दोक्रममा रहेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण तालिका परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुनेगरी तालिका सार्वजनिक गरेको छ । जलस्तर कम भएपनि कुलेखानी जलाशयको पानी सञ्चिती अनुकुल रहेकाले लोडसेडिङ केही कम गरिएको प्राधिकरणले जनाएको छ ।यसअघि दैनिक ९ घन्टा लोडसेडिङ हुँदै आएको थियो ।