जेलबाट छुटेपछि पूर्व युवराज पारस शाह आज नेपाल फर्कँदै

चैत्र १९,काठमाण्डौ- थाईजेलबाट रिहा भएका पूर्व युवराज पारस शाह आज नेपाल फर्कन लागेका छन् ।उनी आज मध्यान्ह साँढे १२ बजे थाईएअर मार्फत स्वदेश फर्किन लागेको पारसका सहयोगी सुनिल खड्काले जानकारी दिए ।मातृभूमिका लागि युवा अभियान चलाउँदै आएका उनले पारसँगै आफूपनि नेपाल आउन लागेको बताउँदै पारस गत मार्च २६ का दिन जेलबाट रिहा भएको जानकारी दिए ।

लागू औषध कारोबारको अभियोगमा थाई प्रहरीले उनलाई पक्राउ गरेर जेल चलान गरेको थियो । ‘उहाँ आज स्वदेश फर्कँदै हुनुहुन्छ, म पनि सँगै आउँछु’, उनले भने, ‘२६ मार्चमा जेलबाट रिहा हुनुभएको हो ।’पारसलाई अदालतले उनको लागूऔषध कारोबारको मुद्दामा सफाई दिइसकेको बताइएको छ । उनी फेरि उतै फर्किने गरी स्वदेश आउन लागेका हुन् या यतै रहनेछन् त्यसबारे भने केहि खुलाइएको छैन।
लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका पारस नेपाल आउने बेलाबेलामा चर्चा चल्ने गरेपनि त्यो त्यो पर सर्दै गएको थियो