प्रा. डा. गोविन्द केसीको अनशन आज पनि जारी

चैत्र १९,काठमाण्डौ—भ्रष्ट पदाधिकारीलाई कारबाहि नभए सम्म प्रा. डा. गोविन्द केसीले अनशन नतोड्ने अडानलाई आज पनि जारी राख्नु भएको छ ।  चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै १२ दिनदेखि अनशनरत प्रा. डा. केसीका मागबारे सरकारी प्रतिनिधि र डा केसीको टोलीबीचको वार्ता पदाधिकारीलाई कारबाहिमा पुगेर रोकिएको हो ।
हिजो मध्यरातसम्म भएको वार्तामा डा. केसीले अडान कायमै राखे पछि आज फेरी वार्ता हुने भएको छ । शिक्षामन्त्री, त्रिवि पदाधिकारी र काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुको राजीनामा वा बर्खास्ती हुनुपर्ने डा. केसीको मागमा सरकार सहमत हुन नसकेपछि हिजो कुरा मिल्न नसकेको हो । वार्ता सहमतिको नजिक पुगेको र आज बिहान फेरि वार्तामा बसेर टुंगोमा पुगिनेसरकारी वार्ता टोलीका सहयोगी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । डा केसीको माग सम्बोधन गर्न सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापनसम्बन्धी नीति र कानुन नबनेसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको छ ।
डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै डाक्टरहरुले देशभरीको अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा हजारौं बिरामी उपचार सेवाबाट बञ्चित भएका छन् । उपचार नहुदाँ अस्पताल पुगेका विरामीहरु आक्रोसित बनेका छन्  ।