विपक्षी मोर्चा आन्तरिक छलफलमा

चैत्र १७, काठमाण्डौ— एमाओवादी नेतृत्वको ३० दलियमोर्चाले आज आन्दोलनको स्वरुप र रणनीतिको बारेमा आन्तरिक छलफल गर्दैछ ।

बिपक्षी मोर्चाले यस अघि घोषणा गरेको पर्सिको नेपाल बन्द कार्यक्रम फिर्ता लिएपनि अरु रणनीतिको बारेमा छलफल गर्न लागेको जनाएको छ । बैठक दिउँसो १ बजेपछि एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।