पूर्व राजा ज्ञानेन्द्र पनि दिल्ली दौडाहामा निस्कँदै

चैत्र १७, काठमाण्डौ— दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ ।

करिव एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूर्णिका दिल्ली भ्रमणमा जान लागेका हुन् ।
उनीहरु आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।