जम्मु कश्मिरमा भारी बर्षा, सडक अवरुद्ध, शिक्षण सस्था बन्द

चैत्र १६,काठमाडौ- भारतको जम्मु कश्मिर र श्रीनगरमा ठूलो बर्षा भएको छ । पछिल्लो २४ घण्टायता भारी बर्षा हुँदा झेलम नदीमा पानीको बहाव बढेकाले बाढीको चेतावनी दिइएको छ ।सम्भावित बाढीलाई ध्यानमा राखी राहत शिविरको ब्यबस्था गरिएको छ । केही घर भत्कनुका साथै सडक अवरुद्ध भएकाले सबै शिक्षण संस्था बन्द गरिएका छन् ।कतथभि.ूतभहत(बष्निलस् कश्मिरमा गत बर्षको सेप्टेम्बरमा आएको बाढी पहिरोमा परी सयभन्दा बढीको मृत्यु भएको थियो । एजेन्सी