केसीको माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री निवास घेराउ

चैत्र १६,काठमाडौ- डा.गोविन्द केसीको माग पूरा गराउन दवाव दिन नागरिक अगुवा तथा मानवअधिकारकर्मीले प्रधानमन्त्री सुशील कोइरालाको निवास बालुवाटार घेराउ गरेका छन् ।स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै तत्काल माग सम्बोधन गरी अनसन तोडाउन अधिकारकर्मीले माग गरेका गरेका हुन् ।प्रधानमन्त्री निवासमा चिकित्सक, अधिकारकर्मी तथा विद्यार्थीहरुले घेराउ गरिरहेका छन् ।