बस र माईक्रो जुध्दा ४ जनाको घटनास्थलमै ज्यान गयो

चैत्र १६,धादिङ – धादिङ जोगिमाराको खटौतीखोलामा बस र माईक्रो जुध्दा ४ जनाको घटनास्थमै मूत्यु भएको छ । १४ जना घाईते भएका छन् । काठमाडौंबाट कपिलवस्तुका लागि छुटेको लु १ ख ९५९३ नम्बरको बस र पोखराबाट काठमाण्डू आउँदै गरेको बा १ प १०२८ नम्बरको माईक्रो जुध्दा ४ जनाको मूत्यु भएकोे धादिङ प्रहरीले जनाएको छ । मूत्युहुनेहरुमा सबै पुरुष भएका र उनीहरु माईक्रोका यात्रु भएका प्रहरीले जनाएको छ । मूतयु भएकाहरुको सनाखत भएको छैन ।प्रहरीका अनुसार माईक्रोले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो । घाइते १४ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ ।