चलचित्र ‘लाटी’ को ‘यो मायाको रीत यस्तै’ गीत सार्वजनिक (भिडियो )

काठमाडौं – चलचित्र ‘लाटी’को ‘यो मायाको रीत यस्तै’ बोलको अफिसियल गीत सार्वजनिक गरिएको छ । प्रशन्न रिमालले निर्माण गरेको लाटी चलचित्रको उक्त गीतमा शब्द दयाराम दाहालको तथा संगीत आयुष बिसीको छ । ‘लाटी’ चलचित्रलाई महिला प्रधान भनिएको छ ।

यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् भने प्रशन्नसँगै शिशिरजय खरेल र त्रिलोचन सैजुको लगानी छ ।
सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा सविना र सुजलसँगै रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलको अभिनय छ । लाटी आउँदो जेठ १ मा रिलिज हुने भनिए पनि जेठ १५ मात्रै प्रदर्शनमा आउने भएको छ ।

 

https://youtu.be/QSrWZaq3VUg