पत्रकार महासंघको ६० औं स्थापना दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै

चैत्र १६,काठमाडौ- नेपाल पात्रकार महासंघको ६० औं स्थापना दिवश आज विविध कार्यक्रम गरी मनाइदैछ । दिवशको आवसरमा राजधानीलगायत विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु आयोजना भइरेका छन् । महासंघको केन्द्रीय समितिको आयोजनामा दिवशको अवसरमा आज विहान काठमाडौ प्रभातफेरी आयोजना भएको छ ।

भृकुटीमण्डपबाट शुरुभएको प्रभातफेीरी रत्नपार्कस्थित शान्तिबाटिका पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले विभिन्न चुनौतिकावीच महासंघ अघि बढीरहेको भन्दै पत्रकारको व्यसायिक तथा भौतिक सुरक्षाको अवस्था गम्भीर रहेको बताउनु भयो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष होमनाथ दाहाल र प्रेश काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले स्थापना दिवशको शुभकामना दिनुभएको थियो । महासंघले स्थपना दिवशकै अवसरमा आज दिउसो राजधानीको प्रज्ञाभवनमा बृहत चियापान कार्यक्रम आयोजना गरको छ । प्रत्येक वर्षको चैत १६ गते महासंघले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।